Home » » बेलडाँगीमा फोहोरले समस्या

बेलडाँगीमा फोहोरले समस्या

बेलडाँगीमा फोहोरले समस्या
दमकको बेलडाँगी भूटानी शरणार्थी शिविर क्षेत्रमा रहेको बेलडाँगी बजारमा लामो समयदेखि फोहोर नउठाएको कारण फोहोर व्यवस्थापनमा समस्या आएको छ । विभिन्न ५ स्थानमा राखेको फोहोर राख्ने भाँडो भरिए पछि बजारमा फोहोर व्यवस्थापनमा समस्या आउँन थालेको हो । फोहोर राख्न सिमेन्टबाट बनाइएको डम्पिङ्ग भाँडो भरिएर फोहोर फाल्न समस्या भएको बजारका व्यवसायी भिम भट्टराईले बताए । यता बेलडाँगी बजार व्यवस्थापन समितिले दमक नगरसँग फोहोर उठाउँन पटक पटक भन्दै आएको भए पनि नगर पालिकाले चासो नदेखाएको कारण समस्या आउँन थालेको समितिका अध्यक्ष नैंनसिंह भण्डारीले बताए ।
Share this article :

0 comments: