Home » » अमेरिकाद्वारा ६० हजार भुटानी पुनस्र्थापित

अमेरिकाद्वारा ६० हजार भुटानी पुनस्र्थापित


नेपालबाट अमेरिका प्रस्थान गर्ने भुटानी शरणार्थीको संख्या हिजो, २०६९ भदौ १९ गते ६० हजार पुगेको छ । ती ६० हजारऔं शरणार्थी एक २८ वर्षीय महिला हुन् । उनको एक श्रीमान र छोरी छन् ।

उनको परिवारले ओहायो राज्यको कोलम्बस शहरमा नयाँ जीवनको शुरुवात गर्दैछ, काठमाडौंस्थित अमेरिकी दुतावासले जनाएको छ ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासी सब्गठनसँगको निकट सहकार्यमा संयुक्त राज्य अमेरिकाले पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनस्र्थापना गर्न शुरु गरेको हो, दुतावासको वक्तव्य अनुसार ।

यस पुनस्र्थापना कार्यमा संलग्न अन्य राष्ट्रहरू अस्ट्रेलिया, क्यानडा, नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, न्युजील्यान्ड, र संयुक्त अधिराज्यले संयुक्त रुपमा यस बाहेक अन्य ११ हजार शरणार्थीहरूलाई पुनस्र्थापना गरिसकेका छन् । पुनस्र्थापना कार्यक्रममा इच्छुक धेरै भन्दा धेरै भुटानी शरणार्थीलाई पुनस्र्थापना गर्ने तर्फ अमेरिका प्रतिबद्ध रहेको छ ।

Share this article :

0 comments: