Home » » समर कक्षा सम्पन्न

समर कक्षा सम्पन्न


BHUTANESE  AROUND  GLOBE
न्यु ह्याम्सर । नेपाली-भाषी भूटानी स्कुले-बालबालिकाहरूका लागि गर्मी-विदामा म्यानचेस्टर शहरमा चलाइएको ’समर कक्षा’ बिहीबार (अगस्त १६) सकिएको छ । न्यु इंगल्याण्ड फार्म वर्कर्स काउन्सिल र भूट्नीज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) ले सयुक्त रुपमा आयोजना गरेको उक्त कक्षा ६ सातासम्म चलेको थियो ।


कसभागीहरू (तश्विर ः राजेश कोइराला)
साताको चार दिन साँझ ४- ७ सम्म भएका कक्षामा म्यानचेस्टर र कंकर्डका १६ नेपाली-भाषी भूटानी स्कूले-बालबालिकाहरू सहभागी थिए । न्यु ह्याम्सरमा यस्तो कक्षा पहिलोपटक चलाइएको हो ।

कक्षामा विभिन्न पेसा-व्यवसायमा जाँदा भविष्यमा के बन्न सकिन्छ? कुन क्षेत्रमा कसरी काम गरिन्छ? जस्ता जिज्ञासाका बारेमा जानकारी गराइएको थियो । विभिन्न पेशा-व्यवसायका व्यक्तिहरुले सोबारेमा जानकारी गराएका थिए ।

छ साताको अवधिमा बालबालिकाले तीन दिन युनिभर्सिटी अफ म्यासाचुसेट्स (डार्मिथ) को ’सेन्टर फर इन्डिक स्टडिज’ मा क्याम्पका रूपमा बिताएका थिए । क्याम्पमा न्युयोर्क, मेरिल्याण्ड आदि ठाउँबाट पनि उनीहरूकै उमेरका अरू समुदायका स्कूले-बालबालिकाहरूसहभागी थिए । कूल ६० बालबालिकाबीच भएको निबन्ध-प्रतियोगितामा न्यु ह्याम्सरका आशीष भट्टराई र भोला गौतम क्रमश: दोस्रोर तेस्रो भएका थिए । त्यहाँ सबैखाले धर्मका बारेमा जान्ने मौका पाएको सहभागी गोविन्द भण्डारीले बताए ।

कक्षाका लागि फार्म वर्कर्स काउन्सिलले बैठक-कोठा उपलब्ध गराएको थियो भने दुई युवक विष्णु निरौला र श्याम गौतमले स्वयंसेवकका रूपमा काम गरेका थिए ।

कक्षा समापनको अवसरमा आयोजित कार्यक्रममा सहभागी आशीष भट्टराईले स्वागत-भाषण गरेका थिए भने गोविन्द भण्डारीले धन्यवाद-ज्ञापन गरेका थिए । स्वयंसेवकका रूपमा बालबालिकालाई अमूल्य जानकारी प्रदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व रअन्य सहभागीलाई प्रशंसा-पत्र र प्रमाण-पत्र प्रदान गरिएको थियो । फार्म वर्कर्स काउन्सिलका तर्फबाट लिन्डा एलिस, ब्रुस योङ र बिसिएनएचका अध्यक्ष टीका आचार्यले प्रशंसा-पत्र र प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।
Share this article :